१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको महाराजगञ्ज स्थायी घरभई तिलोत्तमा नगरपालिका-५, डिङ्घनगर बस्ने ४८ वर्षीय राजेश कुमार दुबेलाई प्रहरीले ०८० फागुन २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेर थप अनुसन्धान गरिरहेको इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।