म्याङलुङ नगरपालिका-७ की ३० वर्षीया रीता लिम्बूले ३५ वर्षीय पति देउमान लिम्बूविरूद्ध घरेलु हिंसा गरेको आरोपमा फागुन २५ गते प्रहरीमा उजुरी दिनु भएको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादक क्रममा ०८० फागुन २५ गते घरेलु हिंसा गरेको पीडितको आरोप छ ।
कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिनु भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी असइ रीता पोखरेलले बताउनु भयो ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।