निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई भदौ १९ गते आग्रह गरेको छ ।
आचारसंहिता लागू हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकैपटक तर आगामी मङ्सिर १० र मङसिर २१ गते दुई चरणमा गर्ने निर्णय सरकारले गरेको छ ।
आचारसंहिता फिर्ता लिएको भनी भ्रम सिर्जना गरिएकोप्रति थप स्पष्ट गर्दै आचारसंहिता कार्यान्वयन गर्न/गराउन आयोग प्रतिबद्ध रहेको आयोगले स्पष्ट गरेको छ ।