INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा-३ पश्चिमटोलका १८ वर्षीय ध्रुव भनिने हेमबहादुर कार्कीलाई ०७४ भदौ १८ गते राति प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले १८ गते साँझ बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीलाई मौखिक उजुरी दिए लगत्तै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते नै जिल्ला अस्पताल गाईघाटमा गरिएको जनाइएको छ ।

अन्य

भिडियो