INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २ हजार पर्यवेक्षक खटिने

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनको लागि पर्यवेक्षण गर्न करिब २ हजारको संख्यामा पर्यवेक्षकलाई अनुमति दिने भएको राससले जनाएको छ ।

आयोगका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि केहीबाहेक अधिकांश अघिल्ला निर्वाचनको पर्यवेक्षणको अनुमति पाएका संस्था नै रहेका छन् । आयोगले यस पटक ४४ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको हो ।

निर्वाचनमा पर्यवेक्षणको अनुमति पाउनेमा अनौपचारिक सेवा केन्द्र (इन्सेक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल, मानव अधिकार तथा शान्ति प्रतिष्ठान नेपाल, मानव अधिकार सङ्गठन, नेपाल बार एशोसिएसनलगायत संस्था रहेका छन् ।

अन्य

भिडियो