
सम्सी गाउँपालिका-२ पर्सा देवाड़मा कलश यात्राको क्रममा ०८० फागुन ५ गते दुइ पक्षबिच झडप भएको छ ।
सम्सी गाउँपालिका-१ स्थित खुल्ला चौरमा फागुन ५ गते लागेको महावीर (हनुमान पुजा) झण्डा मेलाको लागि निकालिएको कलश यात्राको क्रममा मस्जिद नजिक झडप भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोक दाहालले बताउनु भयो ।
मुस्लिमहरुको बाहुल्यता भएको वस्तीबाट कलश यात्रा निकालिएको र मस्जिदको अगाडि डिजे बाजासहित जय श्रीरामको नारा लगाएपछि हिन्दू र मुस्लिम समुदायबिच झडप भएको इन्स्पेक्टर दाहालले बताउनु भयो ।
झडप नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गरेपछि भीड तितरबितर हुँदा सम्सी गाउँपालिका-१ की २५ वर्षीया अतिमा खातुन, २८ वर्षीय इजराइल नदाफ र २३ वर्षीय बबलु यादव घाइते भएकाे प्रहरीले जनाएको छ ।
टाउकामा चाेट लागेका इजराइल र बबलुको जानकी एकेडेमिक अस्पताल पर्सा देवाडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपपछि फागुन ५ गते सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवको नेतृत्वमा दुवै पक्षबिच मेलालाई शान्तिपूर्ण सम्पन्न सहमति गर्ने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित जिल्ला प्रशासन कार्यालयमा भएको सदभाव बैठकपछि मेलालाई शान्तिपूर्ण सम्पन्न गर्न सहमति भएकाे छ ।