INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडासदस्य ५९ वर्षीय पिल्चे चौधरीलाई ०८० फागुन १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० फागुन १ गते राति आफ्नै घरमा बोलाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते ईलाका प्रहरी कार्यालय, बेलडाँडीमा उजुरी दिएका थिए ।

घटनाका सम्बन्धमा पीडित पक्षले फागनु १ गते राति प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर हर्षबहादुर चन्दले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

अन्य

भिडियो