२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका–२ रतन्छाका २३ वर्षीय उमेश चाहारलाई माघ १२ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८० माघ ११ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन साकेला गाउँपालिका–२ स्थित रतन्छा प्रहरी चौकीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ११ गते गरिएको छ ।