INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहपोखरी गाउँपालिका- २ सुन्तलेका २० वर्षीय सन्तोष आले मगरलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २ गते प्रहरी चौकी हुक्नाजोरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ११ गते घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २ गते गरिएको छ ।

अन्य

भिडियो