बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा भदौ ३ गते काठमाडौँमा सम्पन्न भएको छ ।
साधारण सभाले सिविनका अध्यक्ष माधव प्रधानको नेतृत्वमा आगामी दुई वर्षका लागि सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हुरोनका रूरू थापा, शिक्षा पत्रकार समूहका दिपक दाहाल, महासचिवमा लुनिःभाका नरेन्द्र डङ्गोल, कोषाध्यक्षमा इन्सेकका सम्झा श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा गुडविभ फाउन्डेशनका लुभराज न्यौपाने र इह्रिकनका रोश्ली पोखरेल चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष माधव प्रधानले आगामी दिनमा बाल अधिकारको क्षेत्रमा अझै शसक्त रूपमा का मगर्ने प्रतिबद्धता व्यक्त गरे ।