शरीरमा स्टप मर्डर, सेभ नेशन, नो एमसीसी, नो एनसेल लगायत नारा लेखेर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अर्धनग्न रूपमा प्रदर्शन गर्ने क्रममा ०८० पुस १६ गते गिरफ्तारीमा परेका तीन जनालाई प्रहरीले चार घण्टापछि रिहा गरेको छ ।
प्रहरीको गिरफ्तारीमा पर्नेहरूमा जाजरकोट घर भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता ३५ वर्षीय आकाश कार्की, जाजरकोटकै ३४ वर्षीय पदम हमाल र कञ्चनपुरका ३८ वर्षीय दीपेन्द्र ऐरी रहेका थिए ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरीले दिउँसो एक बजे गिरफ्तार गरेर प्रहरी वृत्त, सिंहदरबारमा राखेको थियो ।
