INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा-१३ का १९ वर्षीय सरोज कुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध भदौ १ गते इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितत्रयले साउन ३२ गते सामूहिक बलात्कार गरेको आरोपमा सो उजुरी दिइएको पीडित पक्षको भनाई छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा भदौ १ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको छ ।

अन्य

भिडियो