INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–४ डिमन टोलका २२ वर्षीय दिनानाथ मुखियाविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० पुस ९ गते उजुरी दर्ता गरेको छ ।

आरोपितले पुस ४ गते तरकारी बारीमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुस ५ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पुस ५ गते स्वास्थ्य परीक्षण भएको छ ।

घटना सार्वजनिक भएपछि गाउँमै मिलापत्र गर्ने प्रयत्न भएको स्थानीयले बताए । उजुरी दर्ता भएपछि आरोपित फरार भएका छन् ।

अन्य

भिडियो