INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जाल मार्फत साथी बनेर अश्लिल क्रियाकलाप मार्फत बारम्बार हैरानी तथा मानसिक यातना दिएको आरोपमा प्युठानको सरुमारानी गाउँपालिका-१ घर भई हाल वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका ३३ वर्षीय सगिर अहमदलाई प्रहरीले ०८० पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले अनलाइन ग्रुमिङ्ग गर्न बाध्य पारेको भन्दै पीडित पक्षले ०७९ माघ २५ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि अनुसन्धान गर्दै जाँदा युएईमा रहेको फेला परेपछि आरोपितलाई ०८० पुस २ गते नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी गरेर गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी पशुपति कुमार रायले बताउनु भयो ।

अन्य

भिडियो