२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा साउन ३० गते गरिएको छ ।