२२ वर्षीया दलित महिलाले आफूमाथि पोखरिया नगरपालिका-१ का २५ वर्षीय रामबली हजराले ०८० मङ्सिर २९ गते राति बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय पोखरियामा मङ्सिर ३० गते उजरी दिएकी छिन् ।
पीडितलाई स्वास्थ्य परिक्षणको लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको बताउदै इलाका प्रहरी कार्यालय इन्सपेक्टर मोहन बिक्रम केसीले घटना बारे थप अनुसन्धान भइरहेको बताउनु भयो । आरोपित फरार रहेकोले उनको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।