INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकः इन्सेक

महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकता रहेकामा इन्सेकले जोड दिएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको १६ दिनमा इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन जारी गर्दै इन्सेकले महिला अधिकारको रक्षार्थ सरकारको जागरूकतामा जोड दिएको हो ।

‘महिला अधिकारको रक्षाका लागि लागु गरिएका कानुनहरूको कार्यान्यवनमा तीनै तहका सरकारको जागरुकता आवश्यक रहेको छ ।’–प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मङ्सिर २५ गते जारी प्रतिवेदनमा भनिएको छ–‘महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागितामा क्रमशः भएको वृद्धि सकारात्मक छ । तर, विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट महिला तथा लैङ्गिक अल्पसङ्ख्यक पीडित हुँदै आएका छन् ।’

 (२०२३ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म) प्रदेशका आधारमा महिला तथा बालिकाविरूद्धका घटना

data-2023_12_26_ktm1

नेपालको संविधान (२०७२) को धारा ३८ को उपधारा ३ ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ । तर, समाजमा कानुन विपरितका घटना सार्वजनिक भइरहेका छन् ।

महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर सजाय ऐन २०६६ कार्यान्वयनमा । लिङ्गका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा बृद्धि हुँदै आएको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

 (२०२३ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म) घटनाका प्रकारका आधारमा महिला तथा बालिकाविरूद्धका घटना

data-2023_12_26_ktm2

अन्य

भिडियो