INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै मङ्सिर ७ गते गर्ने भनिएका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गर्नुभएको छ ।

‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ ।’–विज्ञप्तिमा भनिएको छ ।

Press Release_2080_08_06

पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधान सभाबाट जारी भएको नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको पनि विज्ञप्तिमा उल्लेख छ । स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् ।

‘कुनै पनि बहानामा चालिएको जनताको शान्तिपूर्ण रूपमा खुला र सार्वजनिक रूपमा आफ्ना असन्तुष्टि अभिव्यक्त गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने वर्तमान लोकतान्त्रिक संविधान विरुद्धको कदमको हामी विरोध गर्दछौँ ।’–विज्ञप्तिमा उल्लेख छ ।

गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्य संरचना र संविधान विरोधी कृयाकलापप्रति इन्सेकले विज्ञप्तिमार्पmत गम्भीर असहमति जाहेर गरेको छ ।

अन्य

भिडियो