INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्धकाे उजुरी दर्ता

३५ वर्षीया महिलालाई बलात्कार गरेका घटनाका आरोपित मिर्चैया नगरपालिका–५ का ४२ वर्षीय देवकुमार महतो विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० कात्तिक १६ गते दर्ता गरेको छ ।

आरोपितले महिलालाई ०७९ फागुन १७ बलात्कार गरेको आरोपमा पीडितले कात्तिक १५ गते उजुरी दिएको पीडितले बताउनु भयाे । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक १६ गते भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाका आरोपित फरार रहेकोले खोज तलास भइरहेको छ ।

अन्य

भिडियो