INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ३२ वर्षीय रामबहादुर तमाङलाई प्रहरीले ०८० कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आारोपितले कात्तिक ८ गते माइती घरबाट दशैँको टिका लगाएर आफ्नो घरतर्फ फर्किने क्रममा स्थानीय पसलमा चक्लेट किन्न लाग्दा भुइँमा लडाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जिव यादवले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते चौतारा अस्पतालमा भयो ।

अन्य

भिडियो