INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३२ वर्षीय अर्जुन बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक १२ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार १५ गतेदेखि कात्तिक ६ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो