५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७८ भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–५ बाट अनुसन्धानका लागि गिरफ्तार जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ भदौ १८ गते गरिएको थियो ।