INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २७ गते गिरफ्तार गरेको छ ।

एक वर्ष अघि भएको घटनामा उजुरी दिने हदम्याद गुज्रिनै लाग्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको हो । स्वास्थ्य परीक्षण पनि घटनाको एक वर्ष पुग्नै लाग्दा भएको छ ।

विभिन्न प्रलोभन देखाई आरोपितले ०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबी होटलमा लगेर बलात्कार गरेको बालिकाले बताएकी छिन् । पीडितकी आमाले यसअघि दिएको उजुरी प्रहरीले दर्ता नगरेकोमा होटलमा दुबै जना बसेको प्रमाणका आधारमा पुनः असोज २३ गते उजुरी लिएर दर्ता गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले असोज २४ गते उजुरी दर्ता गरेर सोही दिन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीडितको स्वास्थ्य परीक्षण गरेको छ ।

अन्य

भिडियो