२० वर्षीया महिलालाई ‘कब्जा’मा लिएर बलात्कार गर्ने अपरिचित व्यक्तिविरुद्ध पीडित पक्षले साउन ५ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दर्ता गराएका छन् ।
पीडित पक्षका अनुसार साउन ४ गते साँझ पीडित विर्तामोडबाट अर्जुनधारातर्फजाने क्रममा बाटोमा एक्लै हिँडिरहेको बेला अन्दाजी २७/२८ वर्षका अपरिचित युवकले अपहरण शैलीमा सोही ठाउँको चिया बगानमा पुर्याई पीडितकै शलले चियाको बोटमा बाँधेर बलात्कार गरेका थिए ।
पीडित रोइकराइ गरिरहेको सुनेर स्थानीयले उनलाई सो ठाउँबाट नग्न अवस्थामा उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ५ गते नै मेची अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।