INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुर्व्यवहारको घटनामा मिलापत्र !

१७ वर्षीया बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा प्रसार गरिएको बाल यौन दुर्व्यवहारको घटनामा मिलापत्र भएको छ । परशुराम नगरपालिकाका वडाध्यक्षका १७ वर्षीय छोराले १७ वर्षीया प्रेमिकालाई नग्न भिडियो बनाउन लगाई उक्त भिडिओ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

गत चैत महिनादेखि प्रेम सम्बन्धमा रहेका १७ वर्षीय वडाध्यक्षका छोराले प्रेमिका १७ वर्षीया बालिकालाई नग्न भिडियो बनाएर आफूलाई पठाउन आग्रह गरेका थिए । बालिकाले भिडियो बनाएर पठाएपछि उक्त भिडिओ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

बाल यौन दुर्व्यवहार गरको भन्दै आरोपित बालक विरुद्ध पीडित परिवारले ०८० असोज २४ गते जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र असोज २५ गते लिखित उजुरी दिन जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा पुग्नु भएका पीडितका बुवा र आरोपितका बुवाबिच सहमति भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएको समयमा बालकका बुवा पनि जिल्ला प्रहरी कार्यालयमै आएर गल्ती स्विकार गर्दै उमेर पुगेपछि केटाकेटीको विवाह गराई दिने सहमतिपछि आरोपित विरुद्ध उजुरी नदिएको पीडितका बुवाले बताउनु भयो ।

दुबै जना नाबालक भएकाले गल्ती भएको भए पनि आफूहरुबिच कुनै सहमति नभएको वडाध्यक्षले बताउनु भयो ।

बालिकाका बुवाले घटनाका बारेमा जानकारी गराउँदै असोज २५ गते लिखित उजुरी दिन आउछु भनेर जानु भएको भए पनि दुबै पक्षबिच सहमति भएको भन्ने बारेमा आफूहरुलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर कुसुमबहादुर नायकले बताउनु भयो ।

पीडित पक्षले जाहेरी दिन आउछु भनेर जानकारी गराउनु भएको भए पनि जाहेरी दिन नआएको र दुबै पक्षबिच मिलापत्र भएको भन्ने सुन्नमा आएको जिल्ला प्रहरी कार्यालय,डडेल्धुराका डिएसपी दिपककुमार कार्कीले बताउनु भयो ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ को ४७ को १ अनुसार विद्युतीय सञ्चार माध्यममार्फत अरुको चरित्र हत्या गर्ने व्यक्तिलाई १ लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

अन्य

भिडियो