पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ५१ वर्षीय राजेन्द्र देउलालाई साउन १ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन १ गते नै गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी १० वर्षीया बालिकालाई असार ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-३ का १८ वर्षीय पुजन बललाई साउन १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।