१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा घर भएका २८ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले असोज ११ गते गरिफ्तार गरेको छ ।
पीडित बालिकालाई २०८० असोज १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ११ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका दिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि असोज १२ गते म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर सुर्यबहादुर रानामगरले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण असोज ११ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको छ ।