१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-७ स्थित दुवाचौरका ३३ वर्षीय ज्ञानेन्द्र भारतीलाई प्रहरीले ०८० असोज ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ३० गते बाटोमा हिँडिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ३ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत संजिव यादवले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।