फेदाप गाउँपालिका-३ का तीन वर्षीय बालक आकृष लिम्बूलाई सिक्कल प्रहार गरी घाइते बनाएको आरोपमा सोही ठाँउका ३९ वर्षीय मुकेश लिम्बूलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले मादक पदार्थ सेवन गरी भदौ २९ गते सिक्कल प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विद्या सागर मेहताले बताउनु भयो ।
पीडित बालकको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पतालमा भदौ २९ गते गरिएको छ ।