INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाको उजुरी दर्ता

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित कर्जन्हा नगरपालिका–४ का २२ वर्षीय सुशील सदा विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ २६ गते दर्ता गरेको छ ।

आरोपितले पीडितलाई भदौ १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा भदौ १५ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको पीडितकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण सोही दिन प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको अनुसन्धान गरी मुद्दा दर्ता गरेको हो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो