२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका-४ का ३१ वर्षीय दावा शेर्पालाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० भदौ २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ साउन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ साउन १२ गते घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत जिल्ला अदालतमा भदौ ६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको भदौ ६ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन १२ गते गरिएको थियो ।