INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७० वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दोधराचादँनी नगरपालिका–७ का ३२ वर्षीय गणेश सुनारलाई ०८० भदौ १५ गते गिरफ्तार गरेको छ ।

बाख्रा बाध्ने गोठमा एक्लै सुतिरहेको समयमा गोठ भित्र प्रवेश गरी भदौ १४ गते राति बलात्कारको प्रयास गरेकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको पीडितकी बुहारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कोठासँगै जोडिएको गोठमा आमा सुतिरहेको बेला बलात्कारको प्रयास भइरहेको अवस्थामा आमा रुनकराउन थालेपछि आफूहरुले थाहा पाएको पीडितकी बुहारीको भनाइ छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई भदौ १५ गते राति घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका, इन्स्फ्ेक्टर अर्जुन साउदले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो