आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पाँचखपन नगरपालिका-६ का ४२ वर्षीय गोविन्द श्रेष्ठविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ०८० जेठ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ८ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
आरोपित पाँचखपन नगरपालिका-६ स्थित वाना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको प्रहरीको भनाइ छ ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ८ गते गरिएको छ ।