स्वच्छ निर्वाचनका लागि नागरिक अभिायनको तर्फबाट इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
प्रतिवेदन बुझ्दै सचिव न्यौपानेले प्रतिवेदनमा उठाइएका विषयहरू अध्ययन गरी आगामी दिनमा लागु गर्ने प्रतिबद्धता जनाए । आयोगका प्रवक्ता सुर्ययप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको प्रतिवेदन सबैभन्दा पहिला बुझाएकोमा इन्सेकलाई धन्यवाद ज्ञापन गरे । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले प्रतिवेदनले उठाएका विषयहरुका बारेमा जानकारी गराएका थिए ।