जिल्लामा रहेका खाँडाचक्र मान्म, थिर्पू, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन–धौलागोह वितरण केन्द्रमा चामल सकिएपछि कालिकोटमा खाद्यान्न अभाव भएको छ । खाद्यान्नको अभाव भएपछि स्थानीय मर्कामा परेका छन् ।
सरकाले ढुवानी सहुलियतमा दिने गरेको चामल गोमनै रित्तिएपछि दैनिक चामल लिन मान्मस्थित खाद्यको गोदाम आउने झन्डै प्रत्यक दिन २०/२५ जना रित्तो हात घर फर्किने गरेका छन र समस्याको तत्काल समाधान नभए साउनको अन्तिम सातादेखि जिल्लामा खाद्यान्नको चरम सङ्कट हुने सम्भावना देखिएको हो ।
खेतबारीमा उत्पादन हुने अन्नले तीन महिना मात्र खान पुग्ने बजारको चामल महंगिले किनरै खान नसकिने अवस्थामा सरकारले सहुलिएतमा दिने खाद्यन्न सकिदा समस्या उत्पन्न भएको खाँडाचक्र नपा– ८ की ५३ वर्षीया सुकिली दमाइले वताउनु भयो । साथै उहाँले भारतबाट छोराले मजुरी गरेर पठाएको पैसाले खाद्यबाट चामल लिन आएपनि चामल सकिएकाले रित्तै घर फर्कनु परेको गुनासो समेत गर्नु भयो ।
साथै मान्मस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चामल नहुदा खाडाचक्र नपा–२ मेग्रकी ४२ वर्षीया पद्मा कामी पनि साउन २२ गते २ घण्टा उकालो हिँडेर रित्तो हात घर फर्किनु भएको छ ।
भदौमा थप खाद्यन्न संकट हुने सम्भावना
अघिल्लो आर्थिक वर्षको कोटा सकिएको र नयाँ स्वीकृत कोटाको चामल ढुवानी नभएकाले कालीकोटको मान्मसहितका थिर्पू, पादमघाट, खल्लागाड, र खिन डिपोमा चामल छैन । चामलको गोदाम रित्तिएका कारण स्थानीय आएर खालि हात फर्कने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डे वताउनु हुन्छ । उहाका अनुसार शाखामा ६ सय २८ क्विन्टल भए पनि कारागारका कैदीबन्दी तथा जन्म–मृत्यु संस्कारका लागि मात्र चामल गाउँका कुनै डिपोमा एक किलो पनि चामल नभएकाले थप व्यवस्था नभएमा भदौ देखि जिल्ला भरी खाद्यन्न सङ्कट आउने छ ।
अन्य डिपोहरुको चामल असारमै सकिएको र चामल सकिएपछि सदरमुकाम मान्मबाट साउन ४ देखि नै चामल बिक्री बन्द गरिएको छ ।
जिल्लाका अन्य ठाउमा भन्दा पलाता क्षेत्रमा थप खाद्यन्न संकट
हिउँदे बाली खडेरीका कारण गहुँबाली उत्पादन भएन बर्खेबाली मकै पनि पाकेको छैन भदौमा हिउँदे सकिएको हुने र वर्षे बाली नपाकेको हुनाले खाद्यन्न ढुवानी भएन भने पलाता र पचाल झरनाका स्थानीय बासिन्दाहरु चरम भोकमरीमा पर्ने सम्भावना देखिएको छ ।
पलाता क्षेत्रमा खाद्यन्न सङ्कट धेरै हुने सम्भावना भएकाले यस क्षेत्रका लागि समयमै प्रयाप्त मात्रामा खाद्यन्नको व्यावस्थापन गर्नु पर्ने पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्कीना वमको भनाइ रहेको छ ।
पलाता गाउपालिका–३१ वर्षीया विन्तकला विश्वकमाले सकरकारको सहुलिएतमा आउने खाद्यकै चामल खरिद गरेर खाने गरिएको भए पनि अहिले् खाद्यद गोदाम खाली भएपछि दैनिक हात मुख जोड्न समस्या भइरहेको र भदौमा थप सङ्कट हुने चिन्ता व्यक्त गर्नु भयो ।
जिल्लाकै सुख्खा क्षेत्र घोषण गरिएको पचाल झरना र पलाता गाउँपालिका रहेको पलाँता क्षेत्रमा सधैजसो भोकमरी भइरहने गर्दछ । यस वर्ष पनि सहुलिएतको चामल सकिएपछि खाद्यान्न अभावको बढी समस्या यस क्षेत्रमा बढी पाइएको छ । हिउँदे बाली खडेरीले खाएको र गत वर्ष पनि पहिरोले अन्नबाली नष्ट गरेकाले पलातामा खाद्य अभाव बढी भएको छ ।
यस वर्ष पलाता क्षेत्रका लागि थिर्पू डिपो र खिन धौलागोह वितरण केन्द्रका लागि ७ सय ७४ क्विन्टलको कोटा भएपनि पहिलेनै सकिएकाले अहिले समस्या उत्पन्न भएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको कार्यालय कालिकोटका सूचना अधिकारी सागर वलिले बताउनु भयो ।
उहाँका अनुसार वर्ष जिल्लाभरका लागि १० हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । खाद्य संस्थानमा १८ सयमा पाइने चामल मान्म बजारका व्यापारीले २५ सय रुपैयाँमा ३० किलोको बोरा बिक्री गर्छन भने मोटा चामल खाद्यमा १४ सयमा पाइने भए पनि पसलमा १९ सय रुपियाँ पर्ने गरेको छ ।
समस्या समाधानका लागि खाद्य व्यवस्था समितिको बैठक
जिल्लामा देखिएको खाद्यन्न संकटको समस्या समाधान गर्न जिल्ला खाद्य व्यवस्था समितिको बैठक साउन २३ गते सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । मान्म,थिर्पू,पादमघाट,खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र खाली भएपछि चामलको व्यवस्थापन गर्न पहलका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी कालिकोटको आयोजनामा समितिको बैठक बसेको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले गत आर्थिक वर्षमा ढुवानी गर्ने जिम्म लिएको ठेकेदाले १५ सय क्विन्टल कम ल्याउदा समस्या आएको हुनाले कार्वाही गर्नु पर्ने र खाद्य समस्या समाधान गर्नु पर्ने बताउनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कालिकोटको गोदाम र डिपो कार्यालय खल्लागाड,पात्माघाट,थिपू र खाद्य वितरण केन्द्र थिर्पूमा मौज्दात खाद्यन्न नभएका कारण खाद्य संकट उत्पन्न हुने सम्भावना रहेकाले २ हजार क्वीन्टल खाद्यन्न ढुवानीको व्यवस्था गर्न व्यपार कम्पनीको प्रधान कार्यालयलाई अनुरोध गर्ने निणर्य गरिएको छ ।
यस्तै खाद्य डिपोको पहुँचमा नभएका नरहरिनाथ गाउँपालिकामा १५ सय क्विन्टल र रास्कोट नगरपालिकालाई एक हजार क्विन्टल चामलको व्यवस्था मिलाउन समेत लिमिटेडको प्रधान कार्यालयलार्ई अनुरोध गरिएको समितिका सदस्य सचिव एवम कम्पनी कार्यालय प्रमुख कमलराज पाण्डेले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनु भयो ।
