INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी व्यवस्था भएपनि हिरासतमा रहेका रामवचनले आमाको सदगद गर्न पाएनन्

IMG_20230807_185432
जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकै कारण सिरहाको नरहा गाउँपालिका–५ बल्कावाका ५५ वर्षीय रामवचन यादवले साउन २२ गते आमाको सदगद गर्न पाएनन् ।

धार्मिक रीतिरिवाज परम्पराअनुसार सदगद गर्न पाउनु पर्ने माँग गर्दै रामवचनको गाउँबाट सयजनाको सङ्ख्यामा आएका छिमेकीहरूले वर्षामा भिज्दै जिल्ला प्रहरी कार्यालय अगाडि साउन २२ गते राति अबेलासम्म धर्ना दिए, नाराबाजी लगाए । आमासँग बस्ने एक मात्र जेठो छोरा रामवचनलाई दागबत्तीका साथै काजकृया बस्न दिने व्यवस्थाका लागि वडा कार्यालयबाट सहयोगको सिफारिश र मृत्यु भएको प्रमाण गाउँलेहरूले साथै ल्याएका थिएँ । सदगद गर्न दिन रामवचनलाई सुरक्षासाथ छाड्न आग्रह गरे पनि राति ८ बजे गाउँलेहरू निराश भई फर्किए ।

“सदगद गर्न पाउने कानुनी अधिकार भएपनि एसपी नरेन्द्र कार्कीसँग अनुनयविनय गरिरह्यौ ।” मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य सिरहाको गोलबजारकी पुनमकुमारी महतोले भन्नुभयो– “एसपीले एक घण्टामा आउँछु भनेर घण्टौ पर्खाएर रात पारे तर आएनन्, प्रहरी कार्यालय अगाडि प्रहरीबाट गालीगलौज र दुर्व्यवहार भयो ।”

काठमाडौं बुढानिलकण्ठका ५२ वर्षीय सुर्यबहादुर घिमिरेले एक पछि अर्को मुद्दा लगाएर थुनाए पछि ९२ वर्षीय आमा निरशीदेबी चिन्ताग्रस्त भइन् । परिवारका सदस्यका अनुसार अपहरण तथा शरिर बन्धक मुद्दा लागेपछि सेवाबाट निलम्बनमा परेका कृषि विकास बैंकका प्रबन्धक रामवचन दोस्रो पटक साउन २० गते गिरफ्तार भएपछि सोही पीर र तनावले आमाको साउन २१ गते निधन भयो । अपहरण तथा शरिर बन्धक मुद्दामा ६७ दिनपछि धरौटीमा रिहा भएर २० दिन अघि मात्र रामवचन घर आएको उनका नातेदार तथा गाउँले मनोज यादव बताउँछन् ।

थुनुवा वा कैदीले आफैले सदगत वा काजक्रिया गर्नुपर्ने नातेदारको मृत्यु भएमा तोकिएको दिन फर्कने गरी सदगत वा काजक्रिया गर्न पाउने व्यवस्था रहेको अधिवक्ता डोमन साहले बताउनु भयो । अधिवक्ता साहका अनुसार कानुनमा थुनुवा र कैदीले अनुमति लिएर सदगत गर्न जान पाउने व्यवस्था छ ।

सप्तरीका जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले पनि अनुसन्धान अधिकृतले उपयुक्त देखेमा सरकारी वकिलको सहमति लिएर छाड्न सक्ने बताउनु भयो । छाड्नै नमिल्ने अवस्था भएमा पनि सुरक्षाका साथ सदगद गर्न पाउने भएकाले सोही अनुसारको व्यवस्था गर्नु भनेर आफूले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई दागबत्ती दिने व्यवस्था गरिदिन सिफारिश गरेको तर प्रहरीले घर जान नदिएको निरौलाले बताउनु भयो ।

मुद्दाहरूका विषयमा अनुसन्धानले टुँगो लगाउने भएपनि सदगत वा काजक्रिया गर्नुपर्ने मानवीय र कानुनी अधिकार रहेको कानून व्यवसायीहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर प्रमोद खड्काले परिवारका अन्य सदस्यले सदगद गर्दा पनि हुने उपाय सुझाउनु भयो । काजक्रिया हिरासतमै पनि गर्न सकिने बताउनु भएका खड्काले सुरुमा हिरासतमा रहेका थुनुवालाई छाड्न जाहेरवालाको समेत सहमति लिनु पर्ने अड्चन देखाउनु भयो । इन्सेक सप्तरी प्रतिनिधिले सरकारी वकिलको सहमतिमा छाड्न मिल्ने कानुनी व्यवस्था बताए पछि खड्काले कानुनमा व्यवस्था भएपनि प्रहरी जनशक्ति कम भएकोले रामवचनलाई सप्तरीबाट सिरहा पठाउन नसकिने बताउनु भयो ।

प्रहरीले रामवचनलाई नछाड्ने थाहा पाएपछि आन्दोलनकारीहरू घर नपुग्दै साउन २२ गते राति निरशीदेबीको सदगद गरिएको सुनिल यादवले बताउनु भयो ।

अन्य

भिडियो