धरान उपमहानगरपालिका-१५ साम्पाङचोकमा असार १३ गते बिहान दुई अलगअलग स्थानमा विष्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको छ ।
झोलामा विष्फोटक पदार्थ राखी झोलाको बाहिरी भागमा ‘यो बम हो, खतरा छ !’ भनी लेखेर सार्वजनिक ठाउँमा छोडिएपछि स्थानीय आतङ्कित भएका थिए ।
स्थानीयले प्रहरीललाई खबर गरेपछि प्रहरीको समन्वयमा नेपाली सेनाले उक्त बम निष्कृय पारेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
बम कसले र किन राखेको भन्ने एकीन नभएको बताउँदै डिएसपी खतिवडाले अनुसन्धान भने जारी रहेको जानकारी दिए ।