INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी परिसर अगाडि विरोध प्रदर्शनका क्रममा अश्रुग्यास प्रहार, पाँच जना गिरफ्तार (फोटो फिचर)

मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी अधिवक्ता भगवती पाण्डेलाई गिरफ्तार गर्न माग गर्दै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा गरेको विरोध प्रर्दशनमा गरेका छन् । आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको र पाँच जनालाई गिरफ्तार गरेको इन्सेककर्मीलाई  जानकारी दिएको छ ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवाद सुरू भएको थियो । पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए । अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको जनाएको छ ।

photo20230802kathmandu (1)

photo20230802kathmandu (3)

photo20230802kathmandu (5)

photo20230802kathmandu (6)

photo20230802kathmandu (7)

photo20230802kathmandu (8)

photo20230802kathmandu (9)

photo20230802kathmandu (10)

photo20230802kathmandu (12)

photo20230802kathmandu (13)

photo20230802kathmandu (14)

photo20230802kathmandu (16)

photo20230802kathmandu (17)

photo20230802kathmandu (18)

photo20230802kathmandu (2)

photo20230802kathmandu (4)

photo20230802kathmandu (11)

photo20230802kathmandu (15)

अन्य

भिडियो