INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाश स्मृति दिवसका अवसरमा हिरासत कक्षमा पुस्तक हस्तान्तरण

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफलेको ३१ औं स्मृति दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई साउन १६ गते पुस्तक हस्तान्तरण गरेको छ ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीसहितको टोलीले जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्र सिंह थापालाई उक्त पुस्तक हस्तान्तरण गर्नु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई अध्ययन गर्नका लागि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, न्याय प्रशासन, अन्तर्राष्ट्रिय संगठन मानव अधिकार र मानवीय कानुन, मानव अधिकार रक्षकका लागि स्रोत पुस्तिका, महिला तथा बालिका विरुद्ध हुने हिंसा एक अध्ययन, विश्वव्यापी आवधिक समीक्षा कार्य समूहको प्रतिवेदन लगायत अन्य ज्ञानबद्र्धक २७ थान पुस्तकहरू इन्सेकले हस्तान्तरण गरेको हो ।

हिरासत कक्षमा रहेका थुनुवाको मानव अधिकार, कर्तव्य र कानुन सम्वन्धी ज्ञानबाट बानी व्यहोरामा सकारात्मक परिवर्तन होस् भन्ने उद्देश्यले उक्त पुस्तक हस्तान्तरण गरिएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।

पुस्तक बुझदै जिल्ला प्रहरी कार्यालयका एसपी थापाले हिरासत कक्षमा रहेका थुनुवाका लागि ज्ञानवद्र्धक पुस्तक उपलब्ध भएको बताउनुभयो ।
यसैगरी स्व. प्रकाश काफ्लेको सम्झनामा इन्सेक कर्णाली प्रदेश कार्यालयमा कार्यरत कर्मचारीहरूले साउन १६ गते वीरेन्द्रनगरस्थित कार्यालयमा उहाँको फोटोमा माल्यार्पण गर्नु भएको छ । उक्त अवसरमा मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा स्व. काफ्लेले पु¥याउनु भएको योगदानका विषयमा चर्चा गरिएको थियो ।

2023-08-01_Surkhet (5)

2023-08-01_Surkhet (1)

2023-08-01_Surkhet (6)

अन्य

भिडियो