२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९ निवासी नेपाल सरकारको मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक ५२ वर्षीय हरिकुमार पोखरेललाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले घरमा कोही नभएको बेलामा पटक पटक दुर्व्यवहार र बलात्कार गरेको भन्दै पीडितले साउन ५ गते जिल्ला प्रहरी परिसरमा उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
उक्त उजुरीपछि प्रहरीको टोलीले आरोपितलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा गिरफ्तार गरेको एसपी रिजालले बताउनु भयो ।
एसपी रिजालका अनुसार पीडित युवतीले सामाजिक सञ्जालमा आफूमाथि दुर्व्यवहार भएको भन्दै भिडियो पोष्ट गरेपछि प्रहरीले उक्त विषयमा अनुसन्धान गरिरहेको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ५ गते थापाथलीस्थित प्रसुति गृहमा भयो ।
प्रहरीले आरोपितमाथि साउन १२ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको एसपी रिजालले जानकारी दिनुभयो ।