INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौरका ५३ वर्षीय जोगी दर्जीलाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले साउन ११ गते दिएको उजुरीका आधारमा आरोपितलाई साउन ११ गते घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

घरमा कोही नभएको मौका छोपी आरोपितले डर र धम्की दिएर पटकपटक बलात्कार गरेको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

एक वर्षदेखि घरमा कोही नभएको मौका छोपी बालिकालाई डरत्रास दिएर पटकपटक बलात्कार गर्दै आइरहेकोमा साउन ६ गते राति पनि जबरजस्तीकरणी गरिरहेको बेला पीडितका दाजुले देखेर प्रहरीलाई भनेपछि घटना सार्वजनिक हुन गएको अल्पकालिन सेवा केन्द्रकी संयोजक मञ्जु केसीले बताउनु भयो ।

पीडितको अवस्था सामान्य रहेको भए पनि सुरक्षाको दृष्टिकोणबाट पीडितलाई जानकी टोलस्थित शान्ति पुनर्स्थापना केन्द्रमा राखिएको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो