INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले कार्यकर्तामाथि वाइसिएल कार्यकर्ताद्वारा कुटपिट गरेको आरोप

रामप्रसाद राई गाउँपालिका-८ वासिखोरामा नेकपा एमालेका उम्मेदवार ४४ वर्षीय पाँचकुमार राईलाई सोही ठाउँका वाइसिएलका कार्यकर्ता ३४ वर्षीय संजोक राईको एक समूहले ०७४ असार ११ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

एमालेको चुनावी सभापछि फर्कने क्रममा मादक पदार्थ सेवन गरेका वाइसिएल कार्यकर्ता राईसहित ११ जनाका समूहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको हो । कुटपिटपछि उम्मेदवार राईलाई सामान्य चोटपटक लगेको एमालेले जनाएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा संजोक राईलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

संजोक राई यसभन्दा अघि ओख्रेको साइलम जङ्गलमा शिक्षकको पैसा लुटेको आरोपमा प्रहरीको फरार सूचीमा रहेकोसमेत जनाइएको छ ।

अन्य

भिडियो