INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगद्वारा निर्वाचन आचारसंहिता बारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनुषाले निर्वाचन आचारसंहिताको पालना भए/नभएको विषयमा असार १२ गते सदरमुकाम गाईघाटमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा अधिकांश सहभागीहरूले दलका उम्मेदवारहरूले निर्वाचन आयोगले मापदण्ड निर्धारण गरेभन्दा बढी खर्च गरेको, आचारसंहिताको प्रभावकारी अनुगमन नभएको, निर्वाचन स्थल लैङ्गिक, ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री नभएको, सबैको पहुँच र पायक पर्ने ठाउँमा नभएकोलगायतका विषयका बारेमा आयोगको ध्यानाकर्षण गरेका थिए ।

उनीहरूले मतदान गर्नकै लागि ३/४ घण्टा हिँडेर जानुपर्ने अवस्था हुँदा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू मताधिकारबाट वञ्चित भएको गुनासो पोखे । कार्यक्रममा सहभागी एमालेका जिल्ला उपाध्यक्ष विमल कार्कीले होडबाजीको राजनीतिका कारण आचारसंहिता उल्लङ्घन भएको बताए ।

त्यसैगरी माओवादी केन्द्रका जिल्ला सह-इर्ञ्चाज मणि खम्बुले विगत निर्वाचनको तुलनामा यसपटक आचारसंहिता धेरै पालना भएको दावी गरिन् । कार्यक्रममा आयोगका मानवअधिकार अधिकृत रेवा रेग्मीले आचारसंहिता एक नैतिक कानुन भएकोले सबैले पालना गर्नुपर्ने बताउँदै दलका प्रतिनिधिहरूलाई अचारसंहिताको पूर्ण पालना गरी अगाडि बढ्न आग्रह गरिन् ।

अन्य

भिडियो