INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सक सहित घरमै पुगेर अपाङ्गता परिचय पत्र प्रदान

जलजला गाउँपालिका–५ का ५४ वर्षीय शारिरिक अपाङ्गता भएका मनबहादुर पुर्जा पुनलाई जनप्रतिनिधिहरुले चिकित्सकलाई साथमा लिएर उहाँको घरमै पुगेर परिचयपत्र उपलब्ध गराएका छन् ।

अपाङ्गताको अवस्था पुष्टि गर्न साउन ७ गते मनबहादुर पुर्जा पुनको घरमा उपाध्यक्ष दिपक आचार्य सहितको टोली पुगेको हो । अपाङ्गताको वर्ग छुट्टाउन पर्वत अस्पतालमा कार्यरत चिकित्सक डाक्टर दिपक रेग्मीले मनबहादुर पुर्जा पुनको स्वास्थ्य परीक्षण गरेर सिफारिस गर्नुभएको थियो ।

पुनलाई (क) वर्गको परिचयपत्र उपलब्ध गराउन सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उपाध्यक्ष आचार्यको नेतृत्वमा वडा अध्यक्ष तिलक जिसी, चिकित्सक दिपक रेग्मी र वडा सदस्य टकबहादुर पुन मनबहादुरको घरमै पुग्नुभएको थियो ।

हिडडुल गर्न नसक्ने पुनले शारिरिक अशक्तताका कारण गाउँपालिकासम्म पुग्न नसक्दा परिचयपत्र पाउन सक्नुभएको थिएन । परिचयपत्र नहुँदा पुनले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधाबाट वञ्चित हुनुभएको थियो ।

IMG-20230724-WA0002IMG-20230724-WA0000

अन्य

भिडियो