INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले कार्यकर्ताबाट पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नयाँ एफएममा कार्यरत पत्रकार विक्रम पाण्डेमाथि नेपाल कम्युनिष्ट पार्टी(एमाले) का कार्यकर्ताले असार १० गते क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडित पाण्डेले आरोप लगाएका छन् ।

एमाले कार्यकर्ता प्रकाश श्रेष्ठ, अमृत श्रेष्ठलगायतका कार्यकताबाट भिडियो नलिन भन्दै क्यामरा खोसेर भिडियो डिलिट गरिदिएको पीडित पाण्डेसम्वद्ध सञ्चार माध्यम नयाँ एफएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन्धिखर्क नगरापाललिकाको-१२ मा एमालेको चुनावी सभाको समाचार सङ्कलन गर्न खटिएका पाण्डेले चुनावी सभाको भिडियोमार्फत प्रत्यक्ष प्रसारण गरिरहेको जनाए । एमालेको चुनावी सभा भइइरहेको ठाउँबाट काग्रेसको प्रचारप्रसारको सवारी साधन सोही बाटो हुदै गएपछि एमाले कार्यकर्ता र काङ्ग्रेसका कार्यकताबिच तनाव भएपछि तनाव भएको भिडियो ‘डिलिट’ गर्न भनि अभद्र व्यवहार गरेको नयाँ एफएमका स्टेशन म्यानेजर हरीप्रसाद भुसालले जानकारी दिए ।

पत्रकार माथि भएको दुर्व्यवहारको, स्वतन्त्र प्रत्रकार सङ्घ, नयाँ एफएमलगायत सञ्चार माध्यमले विज्ञप्ति प्रकाशन गरेर विरोध गरेका छन् ।

पत्रकारमाथि भएको दुर्व्यवहारको बारेमा अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए ।

अन्य

भिडियो