२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले धनकुटा,सहिदभूमि गाउँपालिका –५ का ३९ वर्षीय सन्तोष राईलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालय, धनकुटामा उजुरी दिएको थियो ।
आरोपितले असार २४ गते हिले घुम्र जाउँ भनि तेहृथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको एक होटलमा बन्धक बनाइ बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी गरेको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ असार २५ गते धनकुटा बजारबाट गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत साउन १८ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार भएपछि घटनास्थल तेहृथुम भएकाले तेहृथुम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको ०७९ साउन १८ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ असार २४ गते गरिएको थियो ।