INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोधराचाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरुले असार १७ गते दोधराचाँदनी नगरपालिका–५ स्थित आफ्नै दुध डेरी पसलमा बोलाएर बलात्कार गरेपछि आरोपित विरुद्ध असार १८ गते ईलाका प्रहरी कार्यालय, दोधराचाँदनीमा उजुरी दिएको पीडितकी हजुरआमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मामाको जन्मउत्सव मनाउन गइरहेको बेलामा आरोपितहरुले केही समयका लागि दुध डेयरीमा बसीदिन भनेर बोलाएर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितद्धयलाई असार १८ गते गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका, दोधाराचाँदनीका इन्स्पेक्टर अर्जुन साउदले बताउनु भयो ।

पीडितको अवस्था सामान्य रहेको भए पनि सुरक्षाको दृष्टिकोणबाट पीडितलाई गड्डा चौकीस्थित शान्ति पुनस्र्थापना केन्द्रमा राखिएको सेवा केन्द्रका संयोजक मनिशा न्यौपानेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो