स्थानीय तहको निर्वाचनका क्रममा चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरिएको जनाउँदै असार ९ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
नेकपा एमालेले बा.२ ख ४००१ नम्बरको मोटरसाइकल प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार एमालेका कार्यकर्ताहरूले मोटरसाइकल प्रयोग गरेर चुनाव प्रसारप्रसार गरेको फोटो सहित उजुरी परेको छ ।
उजुरीपछि निर्वाचन कार्यालयले एमाललेलाई चुनाव प्रचार-प्रसारको क्रममा यस किसिमबाट आचासंहिता विपरीत काम नगर्न ध्यानाकर्षण गराइएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए ।