INSEC Online

📅 २०८३ जेष्ठ २१

सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की

डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप लगाएका छन् ।

असार ६ गते साँझ नेपाली सेनाका क्याप्टेन धु्रवबहादुर राणा र सशस्त्र प्रहरीका इन्स्पेक्टर धनसिं महराले माओवादी केन्द्रका वडी केदार गाउँपालिका अध्यक्षका उम्मेदवार जङ्ग बिकलाई धम्क्याएको माओवादीले आरोप लगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी डिल्लीराज विष्टले सो विषयमा कुनै प्रतिक्रिया दिएनन् । उनले भने-‘ शान्ति सुरक्षा दिने हाम्रो काम हो ।’

वडीकेदार गाउंपालिकाको वर्छेन स्थित राजु गेष्ट हाउसमा बसेका माओवादी केन्द्रका उम्मेद्वार विकलाई राणा र महराले धम्क्याएको नेकपा माओवादी केन्द्र डोटीले जनाएको ।

उनीहरूले बोलाएपछि आफू उनीहरू बसेको कोठामा गएको र त्यहाँ जाँदा मदिराले मात्तिएका सशस्त्रका इन्स्पेक्टर महराले आफू युद्धकालीन अवस्थाको पनि सफल कमाण्डर भएकाले धेरै माओवादी मारेको र आफुलाई पनि विचार गर्न चेतावनी दिएको आरोप लगाए ।

उक्त घटनाबारे आफूलाई प्रारम्भिक जानकारी आएको सशस्त्र प्रहरी बलवाट डोटीको नेतृत्व गरिरहेका डिएसपी दिपक कुँवरले बताए । डिएसपी कुँवरले भने-‘घटनाबारे जानकारी प्राप्त भएको छ । छानबिनका लागि डिएसपीसापको नेतृत्वमा बडिमालिका गुल्म अत्तरियाबाट टोली गएको छ ।’

अन्य

भिडियो