INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन समन्वय समिति गठन

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन असार ६ गते प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा जिल्ला निर्वाचन सञ्चालन, व्यवस्थापन सहयोग तथा समन्वय समिति गठन गरिएको छ ।

घोराहीमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहेको समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्य सचिवमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्की रहेका छन् । यस्तै बैठकले निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै वर्षातको समय भएकाले निर्वाचनका क्रममा पानी पर्न सक्ने भन्दै वर्षाका बेला पनि सहज मतदानको वातावरण सिर्जना गर्न सबै मिलेर काम गर्ने लगायतका निर्णय गरेको सदस्य सचिव कार्कीले बताए ।

अन्य

भिडियो